अस्ट्रेलियाको राजदूत फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका राजदूत बनेका महेशराज दाहाल आधा कार्यकाल पनि नपुर्याइ फर्कन पर्ने भएको छ । उनी अघिका राजदूत पनि विवादमा परेर फर्कनु परेको थियो ।
बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नै अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अस्ट्रेलियाको राजदूत फिर्ता गर्ने निर्णय गरिएको जानकारी दिए । अनि, दुई स्थान जापान र ओमानमा अर्को व्यवस्था नभएसम्म काम गरिरहन भनिएको पनि उनले बताए ।
अहिलेसम्म भएका कार्यसम्पादन मूल्यांकन र सरकारका लागि उपयुक्त नदेखिएको कारण दाहाललाई फिर्ता गर्ने सिफारिस परराष्ट्र मन्त्रालयको थियो ।
माओवादी अर्थात दाहाल निकटका राजदूतलाई फर्काउने नीति अनुरुप नै सरकारले दाहाललाई फिर्ता गरेको हो । प्रदेश प्रमुख राजदूत र अन्य नियुक्तिसमेत फेर्ने प्रतिशोध नेतृत्वमा रहनेले गरिरहेका छन् ।
हुनत यस्ता कार्य नगरिने बताए पनि अन्ततस् आफ्नालाई भाग पुर्याउन र लोभ देखाउन पनि उनीहरू लागि परेको विश्लेषण माओवादीको छ ।
माओवादीका पुष्पकमल दाहालका नातेदारसमेत रहेका उनी दाहालकै कोटाबाट राजदूत नियुक्त भएका थिए । दाहाल अघि राजदूत रहेकी लक्की शेर्पा पनि कार्यकाल पुरा नगरी फर्कन परेको थियो ।
उनी त्यहाँ विवादमा परेपछि सरकारले फिर्ता बोलाएको थियो । तर, अहिले दाहाल भने आन्तरिक राजनीतिको कारण फिर्ता हुन परेको बताइएको छ । यद्यपि उनलाई पनि त्यहाँ काम गर्न नसकेको आरोप मन्त्रालयको छ ।
२१ वैशाख २०७८, मंगलवार १९:०३ बजे प्रकाशित