प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँछन कि पाउँदैनन ? यस्तो छ अंकगणित
काठमाडौं । तत्कालिन नेकपाका १७४ थिए । जसमा एमालेको १२१ र माओवादी केन्द्रको ५घ थियो ।
यसमध्ये ९१ सांसद नेकपा प्रचण्ड–माधव पक्षसँग रहेको बताइन्छ । नेपाली कांग्रेसको ६३ सांसद छन् । जनता समाजवादी पार्टीको ३४ सांसद छन् ।
राष्ट्रिय जनमोर्चाको १ र नेमपाल मजदुर किसान पार्टी र राप्रपाको एक एक सिट रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बन्ने अवस्था आउँछ ।
प्रतिनिधिसभामा जसले बहुमत सांसदको समर्थन प्राप्त गर्छ, उसले संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठन गर्न सक्नेछ ।
नयाँ सरकार कति छिटो बनाउने भन्ने विषय कहिले संसद बैठक सुरु हुन्छ भन्नेमा र निर्वाचन आयोगले नेकपा विवादमा कहिले निर्णय दिन्छ भन्नेमा निर्भर रहेको नेताहरुको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।
वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।
१९ वैशाख २०७८, आइतवार १८:३८ बजे प्रकाशित





