प्रचण्ड क्याम्प छोडेर ओलितिर लागेका माओवादी नेताहरुलाई रिजाउने प्रयासमा बालुवाटार

तत्कालीन नेकपा एमालेकि उपाध्यक्ष बिद्या भण्डारि रास्ट्रपतिमा निर्वाचित भएपछी रिक्त रहेको उपाध्यक्ष पदमा माओवादि पृष्ठभुमिका रामबहादुर थापालाई नियुक्ति दिने तयारी गरिएको हो।

प्रधानमन्त्री केपि शर्मा ओलिले आफुलाई कठिन समयमा साथ दिएको भन्दै एमालेको उपाध्यक्षमा थापालाई नियुक्त गर्न लागेका हुन। हिजो बालुवाटारमा थापासंग ओलिले उपाध्यक्ष पदमा नियुक्ति दिने संकेत गरेका थिए।

उता माओवादी केन्द्र बाट नै ओलि क्याम्पमा छिरेका उद्योग मन्त्री लेखराज भट्टलाई पनि प्रधानमन्त्री ओलिले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज बनाउने तयारी थालेको बुझिएको छ।

हाल नेकपा एमाले सुदुरपश्चिम ईन्चार्जमा उपाध्यक्ष भिम रावलले जिम्मेवारि सम्मालिरहेका छन।

प्रधानमन्त्री ओलि विरुद्ध षडयन्त्र गरि प्रचण्ड क्याम्पमा लागेको, सुरु देखीनै सरकारको चर्को आलोचना गरेको कारणले रावलको ईन्चार्ज जम्मेवारी खोसेर भट्टलाई दिने तयारीमा बालुवाटार लागेको हो।

२६ फागुन २०७७, बुधवार २१:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु