केपी ओली पाहा पछारिएझैं पछारिए : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पाहा पछारिएझैं पछारिएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि आफूहरु झन् बलियो भएको भन्ने ओली समूहको टिप्पणीप्रति ब्यङ्ग्य गर्दै उनले भने, पाहा पछारिएझैँ पछारियो, अनि जितेम हामीले, झन् बलियो भइयो रे । त्यस्तोपनि हुन्छ कहिँ ?

प्रचण्डले केपी ओलीको निर्वाचन आयोगवाला सेटिङपनि भत्किँन लागेको दाबी गरेका छन् ।

सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह दिने दाबी गरेका हुन् ।

नेकपा विवादपछिओलीतिर लागेका नेताहरु आफूहरुतिर आइरहेको बताउँदै उनले भने ,‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किँदै छ, मैले यत्तिकै भनेको होइन ।

मैले बुझेर भन्दै छु । केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारीक पार्टी होइन, आधिकारीक पार्टी हुन बहुमतवाला पार्टी नै हो, सूर्य चिन्ह र नाम हाम्रै हुन्छ भन्ने फैसला हुन्छ । यसमा एक इन्चपनि शंका गर्नु पर्दैन ।

१७ फागुन २०७७, सोमवार १९:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु