माधव नेपालको नेतृत्वमा सरकार, उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने प्रस्ताव

राजनीतिक उतारचढावका बीच राजनीतिक दलका नेताहरु शक्ति केन्द्रहरुबाट प्रभावित हुनेगरि भेटघाटमा व्यस्त रहेका तथ्यहरु फेला परेका छन् ।

पार्टी नै फुटको चरणमा पुगेको नेकपाको विवाद कानुनी प्रक्रियामा छ। राजनीतिप्रति चासो राख्ने सबैको ध्यान नेकपातिर भइरहँदा अन्य दलहरु पनि राजनीतिक जोडघटाउमा लागेको पाइएको छ।

संसद पुनर्स्थापना भएकाले अब माधव नेपालको नेतृत्वमा सरकार बनाउने कसरत भएको छ ।

नेपाल नेतृत्वको सरकारमा को को सहभागी हुने भन्नेमा राजनीतिक जोडघटाउ भइरहेको छ।

संसद पुनर्स्थापना भएकाले अब नेपालको नेतृत्वमा सरकार बने उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने प्रस्ताव गरिएको छ ।

१२ फागुन २०७७, बुधवार ०७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु