संवैधानिक इजलासमा सुनुवाइ अझै जारी

११ फागुन, काठमाडौं । संसद विघटनको मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार  अझै  इजलास चलिरहेको छ ।

इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ ।

इजलासमा सुनुवाइ भइरहँदा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ ।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ ।

फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो ।

११ फागुन २०७७, मंगलवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु