धेरैपछि एउटै मञ्चमा देखिए प्रचण्ड र बाबुराम

जनयुद्धका दुई सारथी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई धेरैपछि एउटै मञ्चमा देखिएका छन् ।

दुबैको राजीनीतिक पार्टी अहिले फरक छ । विचार र सिद्दान्त पनि फरक छ । दुई सारथीको फरक–फरक पार्टी भएपछि व्यक्तिगत र राजनीतिक भेटघाट पातलिएको थियो । तर, आज फागुन १ अर्थात जनयुद्ध दिवश ।

डा. बाबुराम भट्टराईले आजको दिनमा प्रचण्डलाई साक्षी राखेर कार्यक्रमको आयोजना गरे । भट्टराईको संस्मरणात्मक पुस्तक ‘गुमनाम आमाहरुको कथा’  काठमाडौंमाबाट सार्वजनिक भएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रमको प्रमुख वक्ता उहि आफ्नो पुरानो सारथी प्रचण्डलाई रोजेका बाबुराम भट्टराईले । साथमा रामचन्द्र पौडेल,अशोक राई, डा. मीना पौडेल डा. अरुण गुप्ता वक्ताको रुपमा रहेका थिए ।

उनको कृतिलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

१ फागुन २०७७, शनिवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु