उत्पीडित वर्गमाथि हमला गरेर झाँक्रीलाई पक्राउ : प्रचण्ड
सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीको पक्राउ उत्पीडित वर्गमाथिको हमला भएको बताएका छन् ।
आदिवासी जनजाती मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले तानाशाहको बाटोमा रहेको सरकारले आदिवासी तथा उत्पीडित समूदायमाथि हमला गरेर झाँक्रीलाई पक्राउ गरेको बताएका छन् ।
झाँक्रीलाई बिहीबार मध्यान्ह उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरी महानगरीय अपराध महाशाखामा लगेको छ । उनको अहिले त्यहाँ सोधपुछ भइरहेको छ ।
२९ माघ २०७७, बिहीवार १३:५० बजे प्रकाशित





