प्रचण्डले शक्ति प्रदर्शनमा बोलाए बादल र बिष्णु पौडेललाई
प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा ‘बादल’ र बिष्णु पौडेललाई शक्ति प्रदर्शनमा सहभागि हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघमा विग्रह आएका बेला प्रचण्डले यस्तो आग्रह गरेका हुन्
युवा संघको पुनर्गठनमा ओली निकटका महेश बस्नेत पक्ष हाबीभएसँगै विग्रह आएको छ ।
युवा संघको पुनर्गठनमा महेश बस्नेत पक्षधरमात्रै हाबी भएपछि बादल र पार्टी महासचिवसमेत रहेका पौडेल पक्षधरका युवाले बहिस्कार गरेका छन् ।
जनाइएअनुसार भेलालाई बादल र पौडेल पक्षका ८० केन्द्रीय सदस्यले बहिस्कार गरेका छन् ।
जनाइएअनुसार पुनर्गठनप्रति असहमत बादल तथा पौडेल पक्षका युवाहरुले छुट्टै संगठन निर्माण गर्ने तयारीसमेत गरेका छन् ।
यस्तो तयारीमा लागेको थाहा पाएपछि प्रचण्डले छुट्टै संगठन बनाउनतिर नभइ प्रदर्शनमा सहभागि भएर मूल धारमा रहेको संदेश दिन आग्रह गरेको स्रोतले बतायो । तर, बादल पौडेलले प्रचण्डलाई प्रष्ट कुनै जवाफ नदिएको जनाइएको छ ।
२८ माघ २०७७, बुधवार १०:३० बजे प्रकाशित












