जनकपुरमा नेता रामचन्द्र झासहित ११ जना घाइते

धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो ।
त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले उज्यालोलाई जानकारी दिनुभयो ।
बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गोली चलाउनुपरेको जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी दिनुभयो ।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर, अश्रुग्यास र गोली चलाएको एसपी रानाभाटले बताउनुभयो ।
तर प्रहरीको गोली कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका उहाँले बताउनुभयो ।
झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।
घाइतेहरूको उपचार भइरहेको छ ।
२२ माघ २०७७, बिहीवार १४:३६ बजे प्रकाशित