दबाब र हुलबाट होइन, प्रमाणले न्याय दिने हो : हरिकृष्ण कार्की

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र हुलबाट नभई प्रमाणले न्याय दिने बताएका छन् ।

पछिल्लो समयमा न्यायाधीशमा तनावको वातावरण सिर्जना भएको पनि उनले बताए ।

‘अहिले अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्ष र विपक्षमा जुलुस र प्रदर्शन हुन्छ, ‘उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानून हेर्ने कि जुलुस हेर्ने, कसरी न्याय दिने

मंगलबार वीरेन्द्रनगरमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रम उनले न्यायापालिकामा हुन सक्ने विकृति र अनियमितता रोक्न प्रभावकारी रुपमा कदम चाल्नुपर्नेमा जोड दिए ।

उनले भने, न्यायापालिकामा विकृति र अनियमितता तथा बिचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका प्रभावकारी रुपमा कदम चाल्नुपर्ने देखिन्छ ।

सो कदमका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिका संयोजकसमेत रहेका कार्कीले न्यायालयलाई प्रभावित गर्नेतर्फ नभई सचेतना दिने काम गर्न र न्याय दिलाउन आवश्यक सल्लाह दिन अनुरोध गरे ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाबारे पत्रकारको प्रश्नमा उनले भने ,‘ ‘सर्वोच्चमा विचाराधीन मुद्दा रहेकोले अहिले बोल्न मिल्दैन ।अदालत संविधानको व्याख्याता मात्र हो । हाम्रो संविधानमा सबै क्लियर छ ।’

क्लियर नभएको हकमा अन्यत्रको अभ्यासलाई आधार बनाएर फैसला हुन सक्छ । यसको मतलब संविधानमा लेखिएका बाहेक शब्द थप्ने र हटाउने काम अदालतले गर्दैन टेक्ने काम मात्र गर्छ ।’

२० माघ २०७७, मंगलवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु