महेश बस्नेतको ‘साइबर सेना’ अनावश्यक : गोकूल बास्कोटा

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केपी शर्मा ओली समूहका नेताद्धय महेश बस्नेत र गोकूल बास्कोटाबीच ‘साइबर सेना’ गठानको विषयमा मत बाझिएको छ ।

नेता बहेश बस्नेत साइबर सेना गठनको अभियान नै चलिइरहेको बताउँछन् तर, त्यस्तो सेना नै आवश्यक नपर्ने नेता गोकुल बास्कोटाको तर्क छ ।

नेता बस्नेतले आफ्ना पक्षका कार्यकर्तालाई जिल्ला तहमा साइबर सेनाको संरचना बनाउन निर्देशन दिँदै हिडेका छन् ।

पार्टीले बनाउन लागेको साइबर सेना युवा संघको विभागीय संरचनाको रुपमा रहने उनको भनाई छ ।

नेता बस्नेत पार्टी संरचनामै राखिने साइबर सेनाले पार्टी नेता–कार्यकर्ताविरुद्व सिर्जना गरिएको भ्रमलाई जोडदार रुपमा चिर्ने बताउँछन् ।
तर, आफुहरुलाई साइबर सेना आवश्यक नरहेको अर्का नेता बास्कोटाको छ ।

नेता बस्नेतले पार्टी नेता–कार्यकर्ताविरुद्व सिर्जना गरिएको भ्रमलाई जोडदार रुपमा चिर्ने साइबर सेना आवश्यक रहेको भनिरहेका बेला नेता बास्कोटा कस्ले कस्लाई समर्थन गर्छ वा लेख्छ ब्यक्तिको स्वविवेक भएको भनेर नर्काछन र ओली नेतृत्वको नेकपा साइबर सेनाको टुकडीमा नभएर जनताको विवेकमाथि भर पर्ने तर्क गरिरहेका छन् ।

महेश बस्नेतले साइबर सेना गठनको अभियान नै चलेको बताउन थालेपछि नेता बास्कोटाले ट्वीट गर्दै भनेका छन्, ‘म राज्यको सेनामाथि विस्वास गर्छु,अरु कुनै नाम वा प्रकारको सेनामाथि होईन।

सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता सबैलाई छ। कस्ले कस्लाई समर्थन गर्छ वा लेख्छ ब्यक्तिको स्वविवेक र जवाफदेहिताको कुरा हो।ओली नेतृत्वको नेकपा साइबर सेनाको टुकडीमा हाईन, सम्पुर्ण जनताको विवेकमाथि भरपर्छ।

५ माघ २०७७, सोमवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु