तनहुँ आउनुस् चुनाव लड्न तयार छु : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग चुनाव लड्न आउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले तनहुँमा आफूसँग चुनाव लड्न आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् ।
बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले तनहुँमा चुनाव हार्ने भएपछि कांग्रेस नेता पौडेल चुनावको विपक्षमा उभिएको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै पौडेलले भने,‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् म तपाईंसँग चुनाव लड्न तयार छु ।’
९ पुस २०७७, बिहीवार १८:१९ बजे प्रकाशित













