कुनै पनि बहानामा ओलीलाई काँध थाप्ने गल्ती नगरौँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति नभएर ओलीप्रवृत्ति रहेको बताएका छन् ।

सोमबार ट्विट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कुनै पनि वहानामा ओलीप्रवृत्तिलाई काँध थाप्ने गल्ती नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेका बेला भट्टराईको यस्तो प्रक्रिया आएको हो ।

उनले लेखेका छन् , ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली होइन, ओलीप्रवृत्ति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् ।’ तर ओलीप्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक भएको उनको भनाइ छ ।

 

९ मंसिर २०७७, मंगलवार ०७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु