ओलीलाई हटाउनैपर्छ : बाबुराम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउनैपर्ने बताएका छन् ।

सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनुपर्ने तर्क बाबुरामले अघि सारेका हुन् ।

उनले नेकपाको झगडा कसरी टुंग्याउने भन्ने कुरा उसको भए पनि राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने बताएका छन् ।

बाबुरामले ट्वीटरमार्फत् नेकपाको किचलो र पछिल्ला घटनाक्रमबारे टिप्पणी गर्दै राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है । राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । ओली सरकारको असफलतारभ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

४ मंसिर २०७७, बिहीवार १४:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु