नेकपा विवाद : राजदूत यान्छीको ‘ईन्ट्रि’, होला विवाद साम्य ?

पछिल्लो समय फेरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

यसपटक पनि चिनियाँ राजदूत होउ यान्छीको ‘ईन्ट्रि’ भएको स्रोत बताउछ । यान्छीको इन्ट्री पछि विगतमा पनि नेकपाको विवाद साम्य भएको छ ।

यसअघि बैशाख १७ गते नेकपा सचिवालय बैठकमा प्रचण्ड, नेता नेपाल, खनाललगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि चर्किएको विवाद राजदूत यान्छीको ‘ईन्ट्री’ सँगै साम्य भएको थियो । यान्छीले त्यसबखत राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । त्यतिमात्रै होईन फेरि १६ असारमा नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको विवाद २१ असारमा नेता नेपालसँग, २३ असारमा खनालसँग, २५ असारमा प्रचण्डसँग यान्छीले भेट गरेपछि थामथुम भएको थियो ।

प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शितलनिवास पुगेका थिए ।

प्रचण्ड शीतलनिवासबाट फर्किएलगत्तै यान्छी बालुवाटार पुगेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग भेट गरेकी थिइन् ।

यान्छीसँग भेट गरेलगत्तै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका ओलीले राष्ट्रपतिसँगपनि निकैबेर छलफल ओली निवास फर्कीएका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी राजदूत नियुक्तिदेखि, मन्त्रिपरिषद्, ‘रअ’का प्रमुखसँग भेटघाट,कर्णाली विवाद लगायतका विषय पदार्पण भएसँगै चुलिएको विवाद अन्तत अफ्ठेरो मोडमा पुगेको छ ।

यहि अफ्ठेरो मिलाउने प्रयासस्वरुप ओलीपक्ष र कार्यकारी अध्यक्ष प्रचण्ड पक्ष पछिल्लो केहि दिनदेखि गुटगत भेलादेखि गोप्य बैठक र सघन छलफलमा छन् ।

यसैबीच नेकपा विवाद चर्किरहेको बेला चिनियाँ राजदूत होउ यान्छीको ‘ईन्ट्रि’ भएको हो ।

३ मंसिर २०७७, बुधवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु