फेरियो प्रचण्डको बोली, मन्त्रीमण्डल हेरफेर गरेर नेकपा विवाद मिलाइंदै

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गियर बदल्ने भन्दै केहि समय मात्रै पर्खन आग्रह गरेका छन् ।

अब बिकास निर्माणमा क्रान्ति ल्याउने समय आएको जनाउदै उनले भने, ‘अस्ति भर्खरसम्म बर्खा थियो। हिलोमैलो थियो। हिलोमा पिच गर्न भएन। सरकारले गाडी एक नम्बरमा गुडाएको थियो। हिलोमा दुई-तीन नम्बरमा त गाडी गुड्दैन’, प्रचण्डले भने, ‘अब मौसम फेरिएको छ। सरकारको गाडी दुई-तीन नम्बर गियरमा गुड्छ। हाँक्छ हेर्नुहोला।’

सरकारमा केहि परिवर्तन हुन लागेको हो या के हो ? त्यो भने उनले खुलाएनन् । हाल बहाल रहेका मन्त्रीबाट यी सबै काम संभव नरहेको भन्दै मन्त्रीमण्डल परिवर्तन गर्नेबारे समेत नेकपामा चर्चा चलेको बेला प्रचण्डको यो अभिव्यक्तिले पुनः नेकपामा सनसनी मच्चिएको उच्च स्रोतले जनाएको छ ।

२ मंसिर २०७७, मंगलवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु