प्रचण्डले प्रस्ताव फिर्ता नलिए पार्टी फुटाउने ईश्वर पोखरेलको चेतावनी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपछि आन्तरिक विवाद पुनः निष्कर्षमा पुगेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको उक्त प्रस्तावमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाइएको भन्दै उनी निकट नेताहरु विरोध उत्रिएका छन् ।

शनिबार नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतालाई बचाउने हो भने राजनीतिक प्रस्ताव फिर्ता लिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत पोखरेलले प्रधानमन्त्री ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनी प्रश्न गरेका हुन् ।

‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ । “ प्रस्ताव “ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “ कि तँ छैनस् कि म छैन “ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती “प्रस्तावहरू “ दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ’ उनले भनेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रचण्डले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको टिप्पणी गरेका थिए ।

३० कात्तिक २०७७, आइतवार ०९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु