माधव नेपाललाई कार्यकारी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

आफु प्रधानमन्त्री रहिरहने शर्त

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए । नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।

बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो । त्यसक्रममा ओलीले माधव नेपाललाई पनि कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

एक नेताका अनुसार आफु प्रधानमन्त्री रहिरहने शर्तमा नेपाललाई पाटी कार्यकारी अध्यक्ष बनाएर जान सकिने बताएका हुन् ।

भेटमा वरिष्ठ नेता नेपालले भने फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

उनले पार्टीलाई एकतावद्ध बनाएर लैजाने ठोस कार्यक्रम प्रस्तुत गर्न समेत आग्रह गरेका छन् ।

२३ कात्तिक २०७७, आइतवार २०:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु