प्रचण्डले थाले देउवा र भट्टराईसंग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न खोजे पार्टी फुटने चेतावनीपूर्ण सन्देश अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पठाएका छन् ।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ मार्फत् प्रधानमन्त्री ओलीले सरकार गिराउन खोज्नु र पार्टी फुटाउन खोज्नु एकै सिक्काको दुई पाटा भएको उल्ेख गर्दै नराम्रा परिणाम आउने चेतावनी दिएका हुन् ।

प्रचण्डले आफ्नो निवासमा झलनाथ खनाल, माधवकुमार नेपाल, पम्फा भुषाल, वर्षमान पुन लगायतसँग छलफल गरेका थिए ।

प्रचण्डसँगको भेटमा नेता नेम्वाङले जनता समाजवादी पार्टीको डा बाबुराम भट्टराई खेमासँग कस्तो सहकार्य थालिएको हो भनी प्रश्न राखेका थिए ।

दुई समूहले जनता समाजवादीको बाबुराम खेमा र नेपाली कांग्रेसको सहकार्य गराएर प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउने प्रयास गरिरहेको छ ।

विशेष अधिवेशन बोलाउन प्रतिनिधि सभाका २५ प्रतिशत सदस्य चाहिन्छ तर सो संख्या कांग्रससँग छैन । कांग्रेससँग संख्या नपुग्ने भएकाले जनता समाजवादीको सहयोग दिलाउन अर्का अध्यक्ष प्रचण्ड सक्रिय बनिरहनुभएको छ ।

यही क्रममा उनले कानुनविद्हरुसँग र जनता समाजवादीका नेताहरुसँग छलफल गरेका हुन् ।

२३ कात्तिक २०७७, आइतवार १०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु