नेकपा सचिवालय ९ बाट १५ पुर्याउने प्रस्ताव

सत्तारुढ दल नेकपाको सचिवालय ९ बाट १५ पुर्याउने प्रस्ताव गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
त्यसक्रममा केही नेताले नेकपा सचिवालय ९ बाट १५ पुर्याउने प्रस्ताव गरेको जनाइएको छ । केन्द्रीय सचिवालय बैठक बोलाउनको लागि अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखितरूपमा माग राख्ने क्रममा यो विषय पनि राखिएको एक नेताले बताए ।
शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ सचिवालय सदस्यहरु वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष ओलीलाई भेट्न वालुवाटार पुगेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताबाट गठित नेकपा कम्युनिष्ट पार्टी नेकपाको नौ जनाको सचिवालय छ।
आकांक्षी धेरै हुनुका साथै सचिवालय समावेशी हुन नसकेको भन्दै चर्को आलोचना हुँदै आएको छ । उक्त दवावलाइ देखाएर सचिवालय संख्या बढाउने प्रस्ताव गरिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले भने कुनै पनि विषयको जवाफ नदिएको जनाइएको छ ।
२२ कात्तिक २०७७, शनिवार १९:४० बजे प्रकाशित