पार्टीलाई मैले फुटबाट बचाउन पटक-पटक प्रयास गरेको छुः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फुटबाट बचाउन पटक–पटक कोसिस गरिरहेको बताएका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘मैले पार्टी एकताको रक्षाका लागि पटक-पटक आग्रह गरेको छु। फेरि पनि आग्रह गर्छु।’

उनले एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै फेरि पनि आग्रह गर्ने बताएका छन्। प्रचण्डले पार्टी एकताको रक्षाका लागि आफूले पटक-पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन्।

२२ कात्तिक २०७७, शनिवार ०७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु