वामदेव गौतमविरुद्धको मुद्दामा पेसी राखिएन

नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पेसी स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. सहितको संवैधानिक इजलासमा गौतमको मुद्दा हेर्दाहेर्दैमा छ । संवैधानिक इजलासका मुद्दा बुधबार र शुक्रबार मात्र हेर्ने प्रावधान छ । तर, प्रधानन्यायाधीश ज।ब।रा।ले आज बुधबार यो मुद्दालाई पेसी सूचीमा राखेका छैनन् ।

आज १९ गते प्रधानन्यायाधीश ज.ब.रा.ले दीपककुमार कार्कीरमनोजकुमार शर्मा, हरीकृष्ण कार्कीरकुमार रेग्मी, हरीकृष्ण कार्कीरकुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठरप्रकाशमानसिंह राउत, इश्वरप्रसाद खतिवडारप्रकाशकुमार ढुङ्गाना, डा. आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठको संयुक्त र पुरुषोत्तम भण्डारीको एकल इजलास तोकेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले ‘गम्भीर संवैधानिक बहस जरुरी भएकोले’ गौतमलाई थप जिम्मेवारी नदिनु भन्दै असोज ७ गते अन्तरिम आदेश दिएका थिए । साथै भट्टराईले दुवै पक्षलाई १४ गते उपस्थित हुन आदेश गरेका थिए ।

भट्टराईको आदेश अनुसार १४ गते प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले आफ्नै नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, हरीकृष्ण कार्की, विश्म्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा रहेको संवैधानिक इजलास गठन गरेका थिए ।

१९ कात्तिक २०७७, बुधवार १२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु