प्रदीप नेपालको घर पुगेर शंकर पोखरेल र भानुभक्त ढकालले गरे नेकपा फुटेको घोषणा !

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्यहरुले प्रदीप नेपालको घरमा पुगेर नेकपा फुटेको घोषणा गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहित प्रधानमन्त्रीका तीन सल्लाहकारहरु बिष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा प्रदीप नेपाललाई भेट्न पुगेका थिए । साथमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि थिए ।
उनीहरुको साझा अनुनय थियो, ‘तपाईले नै दुई नेता प्रधानमन्त्री ओली र माधव नेपाललाई मिलाउन सक्नु हुन्छ, त्यसका लागि सक्रिय भइदिनुपयोे ।’
तत्कालीन एमालेका नेताहरु नै नमिल्दा पार्टीभित्र संकट देखिएकाले नेता नेपाललाई सक्रिय हुन आग्रह गरिएको स्रोतले जनायो ।
नेता नेपालले सकेजति पहल गर्ने आश्वासन दिएका थिए । ‘नेताहरु मिलाउन सजिलो छैन, धेरै दौडिनुपर्ने भएकाले मलाई सजिलो हुन्न’, नेपालको भनाइ थियो ।
तर, भेटवार्ताका लागि सहज वातावरण बनाउन आफूहरुले सहयोग गर्ने बचन दिएका छन् ।
नेता नेपालले ओली–नेपाल मिलाइदिन आग्रह गरेको पुष्टि गरे । उनले भने, ‘तपाइँले मिलाउन सक्नुहुन्छ, लौन, लाग्नुप¥यो भनेका थिए । मैले सकेको गर्छु भनें ।’
तत्कालीन एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले समेत नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरिहँदा प्रधानमन्त्री ओली भने अल्पमतमा पर्दै आएका छन् ।
प्रधानमन्त्रीका तर्फबाट भेटवार्तामा सक्रिय रहेका पोखरेलसहितका नेताहरुले यसअघि पनि नेपाललाई ओलीसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्दै आएका छन् ।
गएको कात्तिक ४ र कात्तिक १२ मा प्रधानमन्त्री ओलीले नै बरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर लामै कुराकानी गरेका थिए । तर, प्रचण्डसँग नमिल्न र आफूलाई सघाउन ओलीले राखेको प्रस्ताव माधव नेपालले अस्वीकार गर्दै आएका छन् ।
१६ कात्तिक २०७७, आइतवार २१:१४ बजे प्रकाशित