‘रअ’ प्रमुख गोयलले डा. बाबुराम भट्टराईलाई भेटेको खुलासा

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेको घटनाको चर्चा चलिरहेका बेला एक सातापछि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसँग पनि गोयलले भेट गरेको खुलासा भएको छ ।

नेपाल भ्रमण गरी गोयल भारत फर्केको एक सातापछि भारतीय सञ्चारमाध्यम द प्रिन्टमा सो जानकारीसहितको लेख मंगलबार प्रकाशित भएको छ । सो सञ्चारमाध्यमकी रणनीतिक मामिला सम्पादक ज्योती मलहोत्राको आलेखमा ‘रअ’ प्रमुख गोयल नेपालमा रहँदा डा। भट्टराईलाई समेत भेटेको जानकारी उल्लेख छ ।

उनले अहिले दिल्लीमा रहेका अमेरिकी रक्षा तथा विदेशमन्त्री र उनीहरुका भारतीय समकक्षीहरुबीचको भेट भारतमा बढी चर्चामा रहे पनि ‘रअ’ प्रमुखको छिमेकी नेपाल भ्रमणको प्रसङ्ग पनि उत्तिकै रोचक बनिरहेको बताएकी छन् ।

‘सामन्त गोयलले नेपालका विपक्षी नेता बाबुराम भट्टराईलाई पनि भेटेका थिए । तर उनलाई भेटे लगत्तै भट्टराईमा कोभिड संक्रमण पुष्टि भएको हुँँदा भारत फर्केपछि सम्भवतः गोयल आइसोलेसनमा बसिरहेका होलान्,’ मलहोत्राले लेखेकी छन् ।

१२ कात्तिक २०७७, बुधवार ०७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु