मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्विकृत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको बैठक सम्पन्न भएको छ ।
बैठकले प्रदेश सभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध संसदीय दलमा पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार धुर्ब बुढाथोकीले जानकारी दिए ।
यस अघि मुख्यमन्त्री शाही विरुद्ध यमलाल कडेल सहित केही प्रदेश सभा सदस्यहरु ले अबिश्वको प्रस्ताव पेस गरेका थिए ।
७ कात्तिक २०७७, शुक्रवार १२:०५ बजे प्रकाशित





