प्रचण्डले दशैमा टिकाटालो गर्ने, तर परिवारभित्रै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्षको दशैंमा काठमाडौंमै हुनेछन् ।

खुमलटारस्थित निवासमा परिवारसँग मात्रै रहेर प्रचण्डले दशैं मनाउने तयारी गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

१० वर्षे जनयुद्धका बेला प्रचण्डले टिका लगाउन छोडेका थिए । तर, शान्त्रि प्रक्रियापछि लगाउन थाले । गत वर्ष पुत्र प्रकाशको निधनका कारण टिका लगाउन पाएका थिएनन् ।

यसवर्ष टिकाटालो हुने तर, परिवारभित्रै भनिएको छ ।

‘त्यस्तो खास दशैं विशेष प्लान छैन । उहाँ (प्रचण्ड) घरमै बस्नुहुन्छ । परिवारभित्रै रहनुहुन्छ । टिकाटालो जे जे गरे पनि परिवार भित्रै रहन्छ’ प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले भने ।

खुमलटार स्रोतका अनुसार पार्टीका बिभिन्न कमिटीहरुको एकीकरणको बाँकी काम सकाउने र पार्टीको आन्तरिद्ध द्धन्द्धलाई मथ्थर पार्ने उपायहरुमा प्रचण्डले दशैंको फूर्सदलो समयलाई उपयोग गर्ने छन् ।

हाल नेकपामा आन्तरिक विवाद छ । विवाद यति बढेको छ कि प्रचण्ड प्रधानमन्त्री निवास वालुवाटार जान समेत हिचकिचाउन थालेका छन् ।

यहि बेला नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको वालुवाटार आउजाउ केही बाक्लिएको छ ।

६ कात्तिक २०७७, बिहीवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु