विष्णु पौडेलले महासचिवबाट राजीनामा दिने

विष्णु पौडेलले महासचिवबाट राजीनामा दिने तयारी गरेका छन् । दोस्रोपल्ट अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र महासचिव फेर्ने बहस सुरु भएको छ । यहि बेला पौडेलले राजीनामा दिने तयारी गरेका हुन् ।
महासचिव पौडेलले अर्थमन्त्रालयको बाटो तताउँदै सरकारको काममा बढ्ता केन्द्रित भएपछि उनले सम्हाल्दै आएको भूमिका अर्कोलाई दिनुपर्छ भन्ने बहस सुरु भएको छ ।
कार्यकर्ता पंक्तिमा र आ–आफ्ना विचारधारात्मक समूहहरूमा यो विषयले प्रवेश पाएको नेताहरू बताउँछन् ।
नेकपाभित्र सुरुदेखि नै एउटा बहस छ– सरकार र पार्टीको काम दुवै एउटै व्यक्तिलाई दिइनुहुँदैन । पार्टी र सरकारको नेतृत्व अलगअलग व्यक्तिले गर्नुपर्छ । सरकारको भूमिकामा रहेकालाई पार्टीको जिम्मेवारी दिइनुहुँदैन । पार्टीको भूमिका रहेकाले सरकारको पनि कामको जिम्मा लिनुहुँदैन । त्यसो भयो भने मात्रै पार्टी–सरकारकाबीचमा नियन्त्रण र सन्तुलन कायम हुनसक्छ भन्ने सैद्धान्तिक बहस पनि छ ।
६ कात्तिक २०७७, बिहीवार १४:०९ बजे प्रकाशित