प्रचण्डले बोलाए पूर्व माओवादीहरुको छुट्टै भेला

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादीहरुको छुट्टै भेला बोलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारमा गरेको एकलौटी, बिभिन्न राजदुत नियुक्ती र कार्णाली प्रदेशका मुख्यमन्त्री फर्ने प्रयास लगायतका विषयमा छलफल गर्न प्रचण्डले छुट्टै भेला बताएका हुन् ।
अध्यक्षद्वय ओली, दाहाल र कर्णाली प्रदेश पदाधिकारी छलफल अन्योलमा परेको छ । कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि विवाद बढेको हो ।
कर्णाली प्रदेश विवाद समाधानका लागि ओली र दाहालले ‘सबै पक्षस“ग संयुक्त छलफल गर्ने’ भन्दै काठमाडौं बोलाएका हुन् । तर, बिहीबार नै गर्ने भनिएको छलफल ‘अब कहिले हुने ?’ भन्ने अनिश्चित बनेको छ ।
नेकपा कर्णाली प्रदेशका एक सांसदले ‘काठमाडौं आएको दुई दिन बितिसक्दा पनि छलफल कहिले हुने ? भन्ने निश्चित नभएको’ बताए । दसैं लागिसकेकाले शनिबार पनि छलफल नभए आफूहरू जिल्ला फर्किने उनले प्रस्ट पारे ।
१ कात्तिक २०७७, शनिवार ११:१२ बजे प्रकाशित