विप्लवलाई कृष्णबहादुर महराको फोन : भने- अब मिल्नुपर्छ

नेत्र विक्रम चन्द ‘विप्लव’ लाई कृष्णबहादुर महराले फोन गरेका छन् । फोन गरेर महराले जनयुद्धकालिन मुद्वामा मिलेर जानुपर्ने बताएका जनाइएको छ ।

खासगरी जनयुद्धका मुद्वा ब्युत्याएर प्रचण्डलाई तह लगाउने एक अर्को प्रयास भएपछि उनीहरुबीच कुराकानी भएको हो । राष्ट्रिय मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाको १० नम्बर बाहिनीअन्तर्गत भैरवनाथ गण तथा युद्धभैरव गण महाराजगन्ज काठमाडौंको थुनामा राखि त्यहीबाट कम्तीमा ४३ जनालाई बलपूर्वक बेपत्ता बनाएको सन्दर्भमा त्यस बेलाका बाहिनीपति र प्रधानसेनापतिसहित ३० जनाको नाम सार्वजनिक गरेको छ ।

सशस्त्र द्वन्द्वकालका घटनाको उजुरी लिने छानबीन गर्ने र कार्वाहीको निरुपण गर्न अधिकारसम्पन्न छुट्टै निकाय रहेको अवस्थामा मानवाधिकार आयोगले सूचि सार्वजनिक गरेपछि यसलाई गम्भीररुपमा लिइएको छ ।

तत्कालिन अवस्थामा माओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे सम्झौताले नै द्वन्द्वकालिन घटनाहरु हर्ने विषयमा उल्लेख गरेको थियो ।

पछि २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बृहत शान्ति सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

यस सम्झौताले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो ।

उक्त सम्झौताले उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गर्ने निर्णय गरेको थियो ।

३० असोज २०७७, शुक्रवार २१:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु