यस्तो छ बादल-विप्लव दोस्ती र दुस्मनीको नालीबेली

मुलुकमा सामन्तवाद अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ कुनै बेला एउटै मोर्चामा आबद्ध भएर युद्ध लडेका बादल र विप्लव अहिले एउटाले पाए अर्कोलाई सक्ने रणनीतिमा पुगेका छन् ।

हिजोका दिनमा यी दुई नेता एउटै बाटो हिडेका सहयात्री मात्रै थिएनन् । एउटै थालमा खाने परम मित्र पनि थिए ।

रामबहादुर थापा ‘ बादल’ नेकपाको शक्तिशाली सरकारका प्रभावशाली गृहमन्त्री छन् यतिबेला ।

उनकै प्रस्तावमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ ।

कुनै बेलाका यी दुई राजनीतिक सहकर्मीमध्ये बादल विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएका छन् भने विप्लव सुरक्षा निकायको उच्च निगरानीमा छन् ।

मुलुकमा सामन्तवाद अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ कुनै बेला एउटै मोर्चामा आबद्ध भएर युद्ध लडेका यी दुई नेता अहिले एउटाले पाए अर्कोलाई सक्ने रणनीतिमा पुगेको देखिएको छ ।

विध्वंसात्मक गतिविधि गरेको आरोप लगाउँदै सरकारले विप्लव नेकपाको गतिविधिमा रोक लगाएको छ । नेकपाले भने सरकारले तानाशाही प्रवृत्ति देखाएको भन्दै आवश्यक परे प्रतिकार गर्ने चेतावनी दिएको छ ।

यस्तो थियो बादल-विप्लव सम्बन्ध

२०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा नेत्रविक्रम चन्द विप्लव अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए भने रामबहादुर थापा पार्टीका पोलिटब्युरो सदस्य ।

जनयुद्ध आरम्भका बेला कर्णालीमा माओवादी संगठन थिएन । अनि पार्टीले विप्लवलाई कर्णालीमा इन्चार्ज बनाएर पठायो । विप्लव नेतृत्वमा ठूलाठूला फौजी कारबाही सफल भयो ।

विप्लवले खड्गबहादुर विश्वकर्मालाई साथ लिएर कर्णालीमा संगठन विस्तार गरे । पार्टीभित्र एकाएक विप्लवको लोकप्रियता बढ्यो ।

०५६/५७ सालपछि पार्टीले यिनलाई पार्टीले केन्द्रीय समितिमा ल्यायो । त्यसपछि कैयन् मोर्चामा मात्र हैन, फौजी रणनीति बनाउन पनि यी दुवै नेता सँगसँगै रहे ।

बादलले बिर्सिए दोस्ती, भने- विप्लवलाई सिध्याइदेउ

बादल केही समय सांस्कृतिक कारबाहीमा परे । उनी जनयुद्ध उत्कर्षमा पुग्दा प्रचण्डपथका कार्यान्वयनकर्ताका रूपमा थिए ।

शान्ति प्रक्रियामा आएपछि पनि यी दुईको सहकार्य जारी नै रह्यो । २०६८ साल पुग्दा विप्लव नेकपा माओवादीका सचिव बने भने बादल महासचिव । दुवैको यति हार्दिकतापूर्ण सम्बन्ध थियो कि भातभान्छासमेत सधैं एउटै हुन्थ्यो ।

२०६९ असार ३ गते विप्लव, बादल, वैद्य तत्कालीन प्रचण्ड नेतृत्वको माओवादीबाट अलग्गिएर नेकपा–माओवादी बनाए । सोही वर्ष पुस अन्तिममा पार्टीको सातौं महाधिवेशन भयो । वैद्य अध्यक्ष र थापा महासचिव भए ।

यो समूहले २०७० को संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो । यसका मुख्य योजनाकार विप्लव थिए । विप्लव चुनाव ध्वस्त पार्ने अभियानमा जुटेका थिए भने बादल, देव गुरुङ, पम्फा भुसाललगायत प्रचण्डलाई हराउनमा मात्र सक्रिय भए । यही बेलादेखि यी दुई नेताबीच वैचारिक रूपमा भिन्नता रहेको जानकारहरु बताउँछन् ।

२०७१ मंसिरमा नेकपा–माओवादी विभाजन भयो । वैद्य र बादललाई छाडेर विप्लव र विश्वकर्माले छुट्टै पार्टी गठन गरे । पार्टीको नाम नेकपा राखेर महासचिव बने विप्लव । त्यसपछि बादल फेरि प्रचण्ड नेतृत्वकै पार्टीमा विलय भए । वैद्य नेकपा क्रान्तिकारी माओवादी गठन गरेर बसेका छन् भने विप्लव भने नेकपाका महासचिव ।

विप्लव नेतृत्वको नेकपाले राजधानीलगायत देशका विभिन्न भागमा ध्वंसात्मक गतिविधि बढाएपछि सरकार कठोर बनेको छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओली भन्दा पनि कठोर देखिएका छन् गृहमन्त्री बादल ।

आफ्ना सहकर्मी विप्लवमाथि प्रतिबन्ध लगाएर बादलले केही समय शान्तिको सास फेरे पनि तिनै बादलबाट युद्धरणनीति र युद्धकला बुझेका विप्लव झन् कठोर बन्ने लक्षण उनको पार्टीले दिएको प्रतिक्रयाबाट देखिएको छ ।

गृहमन्त्रीको निर्देशन : विप्लवलाई सिध्याउन कुनै सम्झौता नगर्नु

३० असोज २०७७, शुक्रवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु