बादलले बिर्सिए दोस्ती, भने- विप्लवलाई सिध्याइदेउ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् ।
‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका छन्’, बादलले भनेका छन्, ‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो पूर्ण विश्वास छ ।’
वादल ती नेता होन जो जनयुद्धमा विप्लपसंगै थिए ।
३० असोज २०७७, शुक्रवार १७:०० बजे प्रकाशित