बालुवाटार निवासबाहिर पत्रकारको प्रदर्शन

कोरोना संकटको बहानामा कामबाट निकालिएका पत्रकारको पुनर्बहाली र पारिश्रमिक उपलब्ध गराउन माग गर्दै पत्रकारहरूले प्रधानमन्त्री निवास बालुवाटारबाहिर प्रदर्शन गरेका छन् ।

पत्रकार महासंघको संघर्ष समितिले मंगलवार दिउँसो बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य गोविन्द चौलागाईं तथा पत्रकार जन्मदेव जैसीलगायत उपस्थित थिए ।

संघर्ष समितिका जैसीले दशैंलगत्तै दोस्रो चरणमा सशक्त आन्दोलन हुने बताए ।

२७ असोज २०७७, मंगलवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु