नयाँ मन्त्रीको लिस्टबाट जनार्दन शर्माको नाम हट्यो, पम्फाको इन्ट्री

नयाँ मन्त्रीमा पूर्व माओवादी खेमाबाट सर्वाधिक चर्चामा रहेका जनार्दन शर्मा सूचीबाट हटेका छन् । आफूले चाहेको मन्त्रालय नपाउने भएपछि नेता शर्माले आफू संचार वा शहरी विकास मन्त्रालयमा नजाने बताएको खुमल्टार श्रोतले बतायो ।

अध्यक्ष प्रचण्डसँगको छलफलमा नेता शर्माले त्यसो भनेपछि प्रचण्डले ‘त्यासे भए तपाई नजानुस पंफाजी जानुहुन्छ’ भन्ने जवाफ दिएका थिए ।

अध्यक्ष प्रचण्डको उक्त भनाईले शहरी विकास वा संचार मध्य एउटा मन्त्रालयमा पूर्व माओवादी खेमाबाट भुसाल मन्त्री बन्ने तय भएको हो । भुषालपनि पार्टी भित्रको विवाद समाधान कार्यदलको सदस्य थिईन् । उनि यसअघि पनि सामान्य प्रशासन मन्त्री बनिसकेकी छन् ।

महासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का छ । यस विषयमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली सहमत छन् । शहरी विकास मन्त्रालयमा पूर्व एमाले खेमाकै सुरेन्द्र पाण्डेको चर्चा चलिरहेको छ । तर उनले आफ्नो रुची अर्थमन्त्रालयमा रहेको बताउने गरेका छन् ।

अहिलेसम्म प्रधानमन्त्रीले मन्त्री बन्ने कि नबन्ने ? वा कुनमन्त्री बन्ने भन्ने विषयमा प्रधानमन्त्रीले कुनै छलफल नभएको बताउने गरेका छन् । पाण्डेले अस्वीकार गरेमा प्रधानमन्त्री ओलीले यसअघि तयारी गरेका मध्यबाट एक जनालाई शहरी विकास वा संचार मन्त्री बनाउने छन् ।

हाल मन्त्रिपरिषदमा प्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्रीसहित २२ सदस्य छन् । खाली रहेका मन्त्रालयमा तीन मन्त्री नियुक्त भएमा संविधानले भने अनुसार २५ सदस्यीय मन्त्रिपरिषद बन्नेछ । संविधानमा प्रधानमन्त्रीसहित बढिमा २५ सदस्यीय क्याविनेट बनाउन मिल्ने प्रावधान छ ।

२६ असोज २०७७, सोमवार ०८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु