प्रचण्डले एक्कासी सम्झिए बाबुराम बैद्य र विप्लव, एकतामा आउन अपिल

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी आन्दोलनका सबै समुहलाई नेकपामा आउन आग्रह गरेका गरेका छन् ।

प्राप्त उपलब्धिको रक्षा गरेर समाजवादको आधार तयार गर्न कुनै कुराले नरोकेको भन्दै अध्यक्ष दाहालले एकबद्ध नभए ठूलो क्षेति हुन सक्ने बताए ।

प्रचण्ड हाल एउटै पार्टीमा रहेर पूर्व एमाले अध्यक्ष एवं हालका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौठेजोरी खेलीरहेका छन् ।

सरकार पुर्नगठन लगायतको विषय पछिल्लो समयको विवादको विषय छ ।

यहि बेला प्रचण्डले पूर्व माओवादी खेमा मोहन बैद्य, बाबुराम भट्टराई र नेत्र विक्रम चन्द विप्लव लगायतलाई सम्झिएका हुन ।

प्रचण्डले पूर्व माओवादी खेमालाई एकतामा आउन अपिल पनि गरे ।

एक अनलाइनसंगको अन्र्तवार्तामा प्रचण्डले भने, ‘साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि एकतामा आउनुपर्ने हो ? त्यसकारण एकतामा आउन अपिल गर्दछु ।’

२५ असोज २०७७, आइतवार ०९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु