ओली प्रचण्डबीच भेटवार्ता सकियो, २ घण्टा ३० मिनेट छलफल

बालुवाटारमा भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास आज भएको भेटवार्तामा करिब २ घण्टा ३० मिनेटसम्म अध्यक्षद्वयबीच छलफल भएको छ । आज अध्यक्षद्धय पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषय टुंग्याउन बसेको बसेको हो ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन । रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ भने प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन् ।

२२ असोज २०७७, बिहीवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु