वामदेवलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी

निर्वाचन हार्नु अयोग्यताको प्रमाण होइन : अग्नि खरेल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी भएको छ ।

राष्ट्रिय सभा सदस्यसँगै मन्त्री बनाउँने चलिरहेका बला उनलाई गृहमन्त्री बनाउने तयारी भएको शीर्ष नेता स्रोतले भन्यो ।

सर्वोच्च अदालतमा नेता गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध रिट परेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम सकिएको छैन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा बुधबार बहस भएको थियो ।

बहसमा सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले निर्वाचन हार्नु अयोग्यताको प्रमाण नभएको तर्क गर्दै वामदेवलाई मन्त्री बनाउँने तयारी भइरहेको संकेत गरेका हुन् ।

महान्यायाधिवक्ता खरेलले इतिहास कोल्ट्याउँदै वामदेव मन्त्री बन्न सक्ने बताएका छन् ।

bamdeउनले २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई निर्वाचन क्षेत्र नम्बर १०४ गोरखाबाट पराजित पनि उनी प्रतिनिधिसभाको सदस्यहुँदै सभामुख पनि बनेको उदाहरण दिएका हुन् ।

त्यस्तै उनले २०६४ मा दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाल संविधानसभा हुँदै प्रधानमन्त्री समेत बनेको तथ्य प्रस्तुत गरेका छन् ।

१८ असोज २०७७, आइतवार २२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु