भालुवाङबारे ओली-प्रचण्डबीच डेढ घण्टा छलफल, ह्वीप लगाउने तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालप्रचण्डबीच आज पनि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच डेढ घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।

आज भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकता र कोरोना महामारीमा कसरी अगाडि बढ्ने भन्ने विषयम छलफल भएको बुझिएको छ ।

त्यस्तै प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोक्ने निर्णयपछि वुटवलमा आन्दोलन चर्किएपछि कर्फ्यू लगाईएको भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

१८ असोज २०७७, आइतवार २०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु