प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक सोमबार साँझ ५ बजे बस्ने भएको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्ने स्रोतले जानकारी दियो ।

हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आजबाट सकिएको छ । उर्जामन्त्री वर्षमान पुनले घिसिङको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नेछन् ।

त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो ।

२८ भदौ २०७७, आइतवार २१:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु