नेपाल विद्युत् प्राधिकरणमा पुनः नियुक्ति पाउँदै -कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ ।

आइतबार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन् ।

कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदैछ । कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो ।

शुक्रबार स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्रीले ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानबारे अन्तिम निर्णय गर्न पुगेका थिए ।
उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्‍याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

यसभन्दा अगाडि आम सर्वसाधारणहरुले पुनः कुलमान नै दोहोरिनुपर्ने माग राख्दै आएका छन् ।

२७ भदौ २०७७, शनिवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु