मन्त्रीपरिषद बैठक सर्यो, कुलमानलाई दोहोर्याउने विषय थप अन्योलमा
बिहिबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक शुक्रबारका लागि सरेको छ ।
मन्त्रिपरिषद पछि सरेसंगै नेपाल विद्युत प्राधिकणमा कार्यकारी निर्देशक नियुक्ति गर्ने कुरा पनि पछि धकेलिएको छ ।
भदौं २९ गते कार्यकाल समाप्त हुन लागेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तरता दिने तयारी ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले गरेका छन् ।
बिहिबारको क्याविनेटमा कुलमान घिसिङलाई नै ४ वर्ष थपेर कार्यकारी निर्देशकमा निरन्तता दिनेगरि प्रस्ताव लैजाने मन्त्रालयको तयारी थियो ।
क्याविनेट सरेपछि अब शुक्रबार सोही प्रस्ताव जान्छ,मन्त्री पुनको सचिवालयले भन्यो ।
प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटवार्तामा घिसिङको कार्यकाल थप गर्नेबारे छलफल भएको थियो।
अध्यक्ष प्रचण्ड प्राधिकरणमा राम्रो काम गरेकाले कुलमानको कार्यकाल थप गर्नु पर्ने पक्षमा छन्।
सोमबारको छलफलमा प्रधानमन्त्री ओली पनि कार्यकाल थप्न सकारात्मक देखिएको बताइएको छ।
दुई हप्ताअघि प्रधानमन्त्री ओली र मन्त्री पुनबीच पनि कुलमानको कार्यकाल थप्नेबारे छलफल भएको थियो। यसअघि सोमबार नियमित रुपमा बस्नुपर्ने मन्त्रिपरिषदको बैठक बिहिबारका लागि सरेको थियो ।
२५ भदौ २०७७, बिहीवार ०९:०१ बजे प्रकाशित












