बामदेवलाई झड्काः सिफारिस पाउन ढिलाई, एक महिलाले दिइन यस्तो चुनौती

राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमभन्दा आफू योग्य भएको भन्दै एक युवतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यका लागि उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा प्राधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको बताएका थिए ।

तर गौतमको सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान आग्रह गर्दै चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिएकी हुन् ।

स्थायी घर चितवनमा रहेकी बराल हाल कीर्तिपुरमा बस्दै आएकी विद्यार्थी हुन् ।

त्रिविको मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी बरालले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताइन् ।

‘वामदेव गौतमभन्दा आफू योग्य भएकाले राष्ट्रिय सभामा नियुक्त गरिपाऊँ भनेर निवेदन दिएकी हुँ’ बरालले भनिन्, ‘पटकपटक चुनाव हारेका वामदेवगौतमभन्दा कोही योग्य व्यक्ति नभेटेको भए उहाँभन्दा योग्य म छु भनेर जानकारी दिन निवेदन दिएकी हुँ, अब उहाँहरूले के गर्नुहुन्छ ।’

२४ भदौ २०७७, बुधवार १५:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु