ओली-प्रचण्डले तयार गरे सहमतिको प्रस्ताव (बुदासहित)
स्थायी कमिटी सदस्यलाई पठाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयनका विषयमा सहमति जुटेको छ ।
अध्यक्षद्वयबीचको सहमतिको प्रस्ताव आज नै स्थायी कमिटी सदस्यहरुलाई इमेल गर्ने तयारी गरिएको छ ।
कार्यदलले दिएको सुझावका आधारमा अध्यक्षद्वयले सहमतिको प्रस्ताव तयार गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।
शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा ओली(प्रचण्डले तयार गरेको सहमतिको ठोस प्रस्तावमा छलफल गर्ने तयारी छ ।
नेकपामा विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलको नेतृत्वमा साउन ३० गते कार्यदल गठन गरिएको थियो । कार्यदलले भदौ ६ गते विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।
नेकपा सचिवालय बैठकले भदौ १८ गते कार्यदलको सुझाव कार्यान्वयनका लागि ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय ओली(प्रचण्डलाई जिम्मेवारी दिएको थियो । अध्यक्षद्वयले आज सहमतिको प्रस्ताव तयार गरेका हुन् ।
२४ भदौ २०७७, बुधवार १४:५७ बजे प्रकाशित