बामदेवलाई सांसद नबनाउन नेकपाकै सांसदहरुको माग
पराजित व्यक्तिले जननिर्वाचितमाथि शासन गर्ने भन्ने हुन्न

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौत्तमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । तर, सरकारले सिफारिस गर्न बाँकी छ ।
यता पार्टी नेतृत्वले गरेको निर्णयविरुद्ध केही सांसद लागेका छन् । केही सांसदले नेतृत्वलाई भेटेरै वामदेवलाई सांसद नबनाउन आग्रह गरेको स्रोतले बतायो ।
पराजित व्यक्तिले जननिर्वाचितमाथि शासन गर्ने भन्ने हुन्न भन्दै केही सांसदहरुले सामासजक सञ्जालमा समेत असन्तुष्टी पोखेका छन् ।
२२ भदौ २०७७, सोमवार १८:५९ बजे प्रकाशित