जुर्मुराउन थाल्यो विप्लव समूह : निशानामा प्रचण्डका घरबेटी र रेल विभागका हाकिम
लामो समय सुसुप्त देखिएको भूमिगत विद्रोही विप्लव समूह फेरि सल्बलाएको छ ।
समूहमा प्रवक्ता खड्गबहादुर विश्वकर्माप्रकाण्डले एक विज्ञप्ति जारी गर्दै केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका छन् ।
काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार ९प्रचण्डका घरबेटी० समेत लाई सरकारले तत्काल कारबाही गर्न प्रकाण्डले माग गरेका छन् ।
सरकारले उनीहरुमाथि कारवाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली किसानहरूको धानबाली असोजबाट पाक्न थाल्छ । किसानहरु मल अभावले छटपटाइरहेका छन्,’ विप्लव समूहको वक्तव्यमा भनिएको छ, ‘वर्षेबालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले पौष–माघ महिनामा ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवच शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी ९प्रचण्डका घरबेटी० र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकदारहरु राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पतिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् ।’
बोल कबोल अनुसार सम्बन्धित ठेकदारले मल आपूर्ति नगर्दा, लाखौंलाख किसानको धान बाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालयले ठेकदारलाई कारबाहीको त के कुरा, सोधपुछसमेत नगरेको प्रकाण्डको आरोप छ ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता विश्वकर्माले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कृषिमन्त्री बंगलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाक्छन् । यो कार्य घोर आपतिजनक, किसानहरूको बालिनाली माथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य अपराधिक खेलका रुपमा पार्टीले लिएको छ ।’
सरकारले कारवाही नगरे आफैं कारवाही गर्ने
विप्लव समूहले रेल्वे ठेक्कामा चासो दिएको छ । पूर्वपश्चिम रेलमार्गको परियोजनाका नाममा काँकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालयअन्तर्गतको रेल व%B
२१ भदौ २०७७, आइतवार ०९:५० बजे प्रकाशित













