बामदेवलाई बाबुरामको प्रश्न : बच्चामा नांगै हिंड्थें अहिले किन नहुने भन्न मिल्छ ?
सांसद र मन्त्री नबन्न सुझाव

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगतका लोकतन्त्रका कमजोरी हटाउन संविधानमा हारेका मान्छेलाई मन्त्री नबनाउने भनेर लेखेको सुनाउँदै विगतको गल्ती दोहोर्याउन नहुने स्पष्ट पारेका छन् ।
शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘अरूले गल्तिगरेकाले मैले गर्न किन नहुने ? यस्तो तर्कगर्दै जाने हो भने उन्नत समाज कसरी बन्ला ? अनि बाल्यकालमा नांगै हिंड्थें अहिले युवावस्थामा पनि किन नहुने भन्न मिल्छ ? विगतका लोकतन्त्रका कमजोरी हटाउन सम्बिधानमा हारेको मान्छेलाई मन्त्री नबनाउने भनेर लेख्या हैन ?गल्तीलाई गल्ती भन्न सिकौं !’
२० भदौ २०७७, शनिवार २३:२९ बजे प्रकाशित