मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्को बैठक प्रधानम्न्त्री निवास बालुवाटारमा बसिरहरको छ । बैठकमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्नेबारे छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए ।

नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए ।

यस्तै शनिबारदेखि कार्यकाल सकिन लागेका अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार राजीनामा दिने बुझिएको छ।

खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए ।

बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् ।

त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफूले गरेका कामकारवाहीका बारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

१९ भदौ २०७७, शुक्रवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु