ओली र प्रचण्डबीच छलफल सकियो, सचिवालय बैठक स्थगित

प्रधानमन्त्री केपी शर्माओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सकिएको छ ।

ओली र प्रचण्डबीच शुक्रबार दिउँसो १२ बजेपछि बालुवाटारमा सुरु भएको थियो ।

दुई अध्यक्ष हरुबीच सचिवालय बैठकको तयारी र पार्टीभित्रको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सचिवालय बैठक स्थगित

यसैबीच शनिबार बस्ने तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय ओली र ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो । पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बिहान ११ बजे सचिवालय बैठक तय भएको थियो ।

पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

कार्यदलले ओलीले राजीनामा दिन नपर्ने र प्रचण्डले कार्यकारी अधिकारसहितको अध्यक्षको भूमिका निभाउने लगायतका सुझाव दिएको थियो । गत मंसिर ४ को सहमतिलाई पुनव्र्याख्या गर्दै कार्यदलले प्रतिवेदन तयार पारेपनि अर्का बरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीबारेको प्रतिवेदन मौन छ ।

१२ भदौ २०७७, शुक्रवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु