विप्लव नेकपामा पहिरो, ८८ नेता कार्यकर्ता जसपा प्रवेश

विप्लव नेतृत्वको नेकपाका ८८ जना नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

‘विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युिनष्ट पार्टीका मध्य केन्द्रीय कमाण्डका तत्लकाीन सैन्य कमाण्डर जीवन लामा जिमी को नेतृत्वमा ब्यूरो सदस्यहरु प्रल्हाद फुँयाल जीवन, रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्मा लगायतका विभिन्न तहका ८८ जना नेतारकार्यकर्ताहरु जसपामा समाहित हुनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरु ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली लगायतका जिल्लाका रहेका छन् ।

पार्टी प्रवेश गराउँदै अध्यक्षद्वयले भनेका छन्, ‘शान्तिपूर्ण सशक्त एवम् गतिशील राजनीतिक सक्रियताको शुभकामनासहित उहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।’

७ भदौ २०७७, आइतवार १५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु