ओलीलाई भगवान मान्नेहरुले मात्रै पाउँछन सरकारी नियुक्ति !
फेरी तिन गालिबाजले पाए अवसर
प्रधानमन्त्री केपी ओली नेतृत्वका सरकारले आफुलाई स्पष्ट पारेको छ कि उसलाई सरकारका राजनीतिक नियुक्तिहरुमा योग्य होइन, आफु समर्थक दलाल र भ्रष्ट चरित्रका मानिसहरु प्रिय छन् ।
दिगम्बर झा को नियुक्ति प्रकरणदेखि एउटै लयमा देखिएका प्रधानमन्त्री ओली पार्टीभित्र भएको चर्को विरोध र आलोचनाले समेत हच्किएका छैनन् ।
रेलवे विभागमा गुरु भट्टराई जस्ता दलाल र गालीबाजलाई नियुक्त गरेका ओलीले सर्वत्र विरोधका बाबाजुद सुशिल भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए ।
पार्टीमा एकलौटी र मनमौजी नियुक्ती गर्दै आईरहेका ओलीले त्यसअघि खेलकुद परिषदमा शिक्षाक्षेत्रमा काम गरिरहेका रमेश सिलवाललाई पुन नियुक्ति दिएका थिए ।
रेलवे विभागमा भट्टराई पुग्नासाथै झण्डै ४५ अर्वको टेण्डर आव्हान गरेपछि उक्त आव्हान विवादमा परेको छ ।
निश्चित ठेकेदारहरुको मिलेमतोमा ठेक्का खुलाइएको भन्दै चौतर्फी विरोध भईरहँदा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एक महिनामात्रै कार्यअवधि रहेका प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमो युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा ।
सोमबारै ओलीले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा कल्याण रोक्कालाई नियुक्त गरेको छ ।
यसअघि काभ्रेका कृष्णप्रसाद सापकोटालाई उपत्यका शहरी विकासको अध्यक्षमा नियुक्त गरिएको थियो ।
भट्ट मिलेमतो तथ सरकारका नितीगत निर्णयहरुमा नीतिगत भ्रष्टाचार गराउने दीपक भट्टका दाई हुन् भने उनीमाथि झण्डै दर्जन सरकारी आयोजना अलपत्र पारेको आरोप छ।
यसैगरी भट्टराई, सापकोटा, भण्डारी र रोक्का झण्डै वर्षदिनदेखि विभिन्न अनलाइन तथा सामाजिक संजालहरुमा ओलीको पक्षमा र अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई गाली बेइज्जती गर्दै लेखिरहने कर्ममा थिए ।
उनीहरुको विभिन्न अनलाईनमा प्रकाशित लेखहरुमा ओलीको महिमागान र प्रचण्ड लगायत अन्य नेताहरुलाई दलाल करार गरिएका हुन्थे ।
भट्टराईले सामाजिक संजालमै अन्य नेताहरुलाई चर्को गाली बेइज्जती गर्ने गरेका थिए ।
अर्का अध्यक्षको चर्को आलोचना र आफ्नो समर्थन गर्नासाथै ओलीलाई तिनै मानिसहरु प्रिय लाग्ने र हातमा नियुक्ति थामाइहाल्ने ओली प्रवृतिका अघि प्रचण्ड लगायतका अन्य नेताहरु निरिहमात्रै छैनन् ।ओलीले सरकारका नियुक्तिहरुमा गरेको मज्जाकका साक्षिसमेत बस्ने गरेका छन् ।
२ भदौ २०७७, मंगलवार १४:१९ बजे प्रकाशित





